स्याङ्जा-२ : अग्रता फराकिलो बनाउँदै कांग्रेसका धनराज गुरुङ

नेपालभ्युज

स्याङ्जा-२ : अग्रता फराकिलो बनाउँदै कांग्रेसका धनराज गुरुङ

काठमाडौं। स्याङ्जा-२ मा प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

शनिबार दिउँसो सार्वजनिक मतपरिणामअनुसार धनराजले २७ हजार ३२ मत पाएका छन् भने नेकपा एमालेकी उम्मेदवार पद्‍मा अर्यालले २२ हजार ४०१ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर ४ हजार ६३१ छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र स्याङ्जा २ (२) मा पनि नेपाली कांग्रेसका महेश भट्टराईले अग्रता कायम राखेका छन् । उनले १४ हजार ८६७ मत पाएका छन् भने नेकपा एमालेका वुद्धिमान श्रेष्ठले १२ हजार ७०४ मत पाएका छन् । भट्टराई २ हजार १६३ मतान्तरले अगाडि छन् ।

स्याङ्जा २ मा प्रतिनिधिसभामा ७० हजार १९१ मत खसेकामा अब चापाकोट नगरपालिकाको ५, ६, ७, ८, ९ र १० नम्बर वडाको मतगणना हुन बाँकी छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved