धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

नेपालभ्युज

धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं। धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। दुर्घटनामा नौ जना घाइते भएका छन्।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजारमा बा.१ज ८२९३ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मृत्यु हुनेहरूमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह, महाेत्तरीकाे रामगोपालपुर ७ सहसाैला बस्ने १७ वर्षीया मंजुकुमारी साह र निजकी बहिनी १३ वर्षीया सिर्जना साह, जीप चालक धनुषाकाे धनाैजी गापा ४ बस्ने २५ वर्षीय अब्दुल मंसुरी रहेकाे प्रहरीले जनाएको छ।

दुर्घटनामा महाेत्तरीकाे लाेहारपट्टी ४ बगरा बस्ने १४ वर्षीया प्रतिका साह, १८ वर्षीया कविता कुमारी साह, धनुषाकाे मुखियापट्टि मुसरनिया ४ बस्ने ३५ वर्षीय संजय साह, ३ वर्षीया बालिका अरूसा साह, ६ वर्षीय बालक अर्वण साह, १० वर्षीय आयुस कुमार साह, महाेत्तरीकाे पिपरा २ बस्ने २६ वर्षीय प्रियंका साह, ५ वर्षीया बालिका प्रतिका साह, ४ वर्षीय बालक अंशु साह घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ। जन्ती बोकेको जीप र ज १ च १४९६ नम्बरको पिकअप भ्यान‌ आपसमा ठोकिएर दुर्घटना भएको हो। घातेहरूकाे उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेकाे एसपी रजाैरेले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved