भ्वाइस अफ नेपालका यी हुन् अन्तिम ११ प्रतिस्पर्धी

नेपालभ्युज

भ्वाइस अफ नेपालका यी हुन् अन्तिम ११ प्रतिस्पर्धी

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’मा अन्तिम ११ का प्रतिस्पर्धी घोषणा भएका छन् ।

शुक्रबार प्रसारित एपिसोडमा टीम राजेशपायल राई समूहका भूपेन्द्र रणपाल अन्तिम ११ मा प्रवेश गर्न सकेनन् ।

टीम राजेशबाट सविना योङहाङ र पदम राई मात्र अन्तिम ११ मा प्रवेश गर्न सफल भए ।

टीम राजु लामा, प्रमोद खरेल र प्रविशा अधिकारीका सबै तीन प्रतिस्पर्धी अन्तिम ११ मा प्रवेश गरेका छन् ।

टीम राजुबाट करण राई, रिहान गिरी र रिवश गुरुङ अन्तिम ११ मा प्रवेश गरे ।

यस्तै टीम प्रमोदबाट आशिष महर, आशिष रायमाझी र योगेश मगर पनि आगामी चरणको लागि छनौट भएका छन् ।

टीम प्रविशाबाट वर्षा इटानी, प्रिजोल नेपाली र साहिल लिम्बु अन्तिम ११ मा प्रवेश गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved