कुटपिट गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ

कुटपिट गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ

जनकपुरधाम । धनुषामा कुटपिट गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको हत्या अभियोगमा स्थानीय दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेका छन् । दुवैजनालाई पक्राउ गरी कर्तव्य ज्यान कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जग्गा सम्बन्धि विवादलाई लिएर कुटपिटबाट प्रभुको मृत्यु भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

पहिलादेखि चलिरहेको जग्गा सम्बन्धि विवादलाई लिएर बिहीबार राति साढे ८ बजे स्थानीय सुरज यादवको परिवार प्रभुको घरमा पुगेका थिए । सोही ठाउँमा आक्रमण गर्दा प्रभुको मृत्यु भएको परिवारजनाको भनाइ छ ।

घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved