बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

नेपालभ्युज

बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै

बाजुरा । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार पाण्डेले ७ हजार ५१२ मतसहित अग्रता लिएका छन् ।

निकट्तम प्रतिस्पर्धी एमालेका कर्ण थापाले ४ हजार ९८३ मत पाएका छन् ।

यसअघि बाजुराको हिमाली गाउँपालिकाका चार वटा मतदान केन्द्रका मतगणना गर्ने क्रममा मतदान अधिकृतले उठाएको मुचुल्कामा भन्दा ३० मतपत्र बढी भेटिएपछि विवाद भएर रोकिएको थियो ।

बाकसमा भेटिएका सबै मत गन्ने सहमति भएपछि गणना फेरि सुरु गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved