भारतीय प्राध्यापक एसडी मुनीको आकलन- देउवाले प्रधानमन्त्रीको दाबी फिर्ता लिन सक्छन्

भारतका नेपाल मामिलाका जानकार एसडी मुनीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आउँदो प्रधानमन्त्रीमा आफ्नो दाबी फिर्ता लिन सक्ने बताएका छन्।

नेपालभ्युज

भारतीय प्राध्यापक एसडी मुनीको आकलन- देउवाले प्रधानमन्त्रीको दाबी फिर्ता लिन सक्छन्

काठमाडौं। भारतका नेपाल मामिलाका जानकार एसडी मुनीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आउँदो प्रधानमन्त्रीमा आफ्नो दाबी फिर्ता लिन सक्ने बताएका छन्।

नेपालमा नयाँ सरकार गठनको गृहकार्य चल्दै गर्दा प्राध्यापक मुनीले ‘नेपालमा भइरहेको स्थापित नेतृत्वको विरोध र पार्टीभित्रबाट देउवामाथि भइरहेको चुनौतीका कारण देउवाले प्रधानमन्त्रीमा दाबी नगर्ने’आकलन गरेका हुन्।

जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा. मुनीले शुक्रबार ट्वीवट गर्दै भनेका छन् ‘‘नेपालमा स्थापित नेतृत्वको राष्ट्रिय रूपमै विरोध भइरहेको छ। त्यस्तै कांग्रेसभित्र देउवाको नेतृत्वलाई बढ्दो चुनौती छ। त्यसकारण देउवाले प्रधानमन्त्रीको दाबी फिर्ता लिन्छन् भन्ने लाग्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved