‘प्रेमगीत ३’ निर्माताविरुद्धको उजुरी निर्माता संघले गर्‍यो खारेज

चलचित्र निर्माता संघले फिल्म ‘प्रेमगीत ३’का निर्माता सन्तोष सेनविरुद्ध दर्ता भएको उजुरी खारेज गरेको छ। छलफलमा बोलाउँदा पनि निवेदक नआएको र २०२१ डिसेम्बरमै खारेज भइसकेको कागजपत्र पेस गरेकाले निवेदनलाई अघि नबढाउने निर्णय भएको चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिए।

नेपालभ्युज

‘प्रेमगीत ३’ निर्माताविरुद्धको उजुरी निर्माता संघले गर्‍यो खारेज

काठमाडौं। चलचित्र निर्माता संघले फिल्म ‘प्रेमगीत ३’का निर्माता सन्तोष सेनविरुद्ध दर्ता भएको उजुरी खारेज गरेको छ।

छलफलमा बोलाउँदा पनि निवेदक नआएको र २०२१ डिसेम्बरमै खारेज भइसकेको कागजपत्र पेस गरेकाले निवेदनलाई अघि नबढाउने निर्णय भएको चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिए।

सेनविरुद्ध डिजिटल अधिकार उल्लंघन गरेको भन्दै उजुरी परेको थियो। निर्माता सेनले आफूहरुबीच भएको सम्झौता उल्लंघन गरेको भन्दै ४ करोड ८४ लाख रुपैयाँ ‘लगानी रकम फिर्ता गराई पाउँ’ भन्दै गत आइतबार भारतको सिक्किम निवासी रामगोपाल राईले संघमा निवेदन दिएका थिए।

‘प्रेमगीत ३’ का निर्माताविरुद्ध ठगीको उजुरी, ४ करोड लिएर कपिराइट नदिएको आरोप

संघले दुवै पक्षलाई शुक्रबार दिउँसो २ बजे छलफलमा बोलाएको थियो। निर्माता सेन उपस्थित भए। तर निवेदक राई भने आएनन्। अध्यक्ष खड्काले भने, ‘‘पहिलो कुरा निवेदक नै आएनन्।

दोस्रो अर्को कुरा त्यो सम्झौता यसअघि नै खारेज भइसकेको कागजपत्र हामीले पेस गरेको भेटियो। यसैले निवेदनलाई खारेज गर्ने निर्णय भएको छ,’’ खड्काले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved