‘प्रेमगीत ३’ का निर्माताविरुद्ध ठगीको उजुरी, ४ करोड लिएर कपिराइट नदिएको आरोप

भारतमा समेत चर्चा कमाएको फिल्म ‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध भारतीय डिजिटल अधिकारको सम्झौता पालना नगरेको भन्दै ठगी उजुरी परेको छ। सिक्किम निवासी राम गोपाल राईले ठगीको उजुरी हालेका हुन्।

नेपालभ्युज

‘प्रेमगीत ३’ का निर्माताविरुद्ध ठगीको उजुरी, ४ करोड लिएर कपिराइट नदिएको आरोप

काठमाडौँ। भारतमा समेत चर्चा कमाएको फिल्म ‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध भारतीय डिजिटल अधिकारको सम्झौता पालना नगरेको भन्दै ठगी उजुरी परेको छ। सिक्किम निवासी राम गोपाल राईले ठगीको उजुरी हालेका हुन्।

उनले नेपालको चलचित्र निर्माता संघमा सन्तोष सेनविरुद्ध ४ करोड ८४ लाख ५० हजार रकम ठगीको दाबीसहित उजुरी दर्ता गराएका हुन्। राईले ‘प्रेमगीत ३’को डिजिटल अधिकारका लागि सो रकम तिरेको तर आफूले अहिलेसम्म फिल्मको डिजिटल राइट प्राप्त नगरेको बताएका छन्।

यस विषयमा निर्माता संघले छलफल गर्न भनेर बोलाउँदा सन्तोष सेन आएनन्। उजुरीपछि निर्माता सन्तोष सेनले भने ५० लाख बराबरको सम्झौता सार्वजनिक गरेका छन्।

स्रोतका अनुसार राईले नै सन्तोष सेनलाई मुम्बईसम्म डोराएका थिए। उनकै सम्पर्कमार्फत फिल्म हिन्दीमा डब भई संसारभर रिलिजका लागि सम्भव भएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved