बाख्राले बाली खाएको विषयमा विवाद हुँदा छुरा रोपेर हत्या, चार घाइते

धनुषामा बाख्राले बाली खाएको विषयमा विवाद हुँदा एक जनाको ज्यान गएको छ। ४ जना घाइते भएका छन्। बाख्राले बाली खाएको विषयमा झगडा परेपछि दुई पक्षबीच घरेलु हतियार प्रहार गर्दै झडप भएको थियो।

बाख्राले बाली खाएको विषयमा विवाद हुँदा छुरा रोपेर हत्या, चार घाइते

जनकपुरधाम। धनुषामा बाख्राले बाली खाएको विषयमा विवाद हुँदा एक जनाको ज्यान गएको छ। ४ जना घाइते भएका छन्। बाख्राले बाली खाएको विषयमा झगडा परेपछि दुई पक्षबीच घरेलु हतियार प्रहार गर्दै झडप भएको थियो।

झडपको क्रममा मिथिला विहारी नगरपालिका– ४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको हत्या भएको हो।

बिहीबार राति साढे ८ बजेको समयमा स्थानीय सुरज यादवको परिवारको समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेका मृतकका छोरा अशोक यादवले बताए।

प्रभुकी पत्नी महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो छोरा आशोक यादव घाइते भएका छन्। सन्तोष यादवको टाउकोमा १८ वटा टाँका लगाइएको छ।

एउटा हातको दुई वटा औँला छिनेको छ। अरू सामान्य घाइते भएका छन्। उनीहरूको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

धनुषा प्रहरी उपरीक्षक वसन्त रजौरेल घटनाबारे अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। सुरज र प्रभुको खेत एक आली मै पर्छ। घटना करिब दुई महिनाअघि सुरजको बाख्राले प्रभुको बाली खाएको विषयलाई लिएर विवाद हुँदा गाउँ पञ्चायत बसेको थियो।

जसमा सुरजले माफी मागेका थिए। फेरि सोही विषयलाई लिएर एकाएक योजनाबद्ध तरिकाले आक्रमण गरेको मृतकका छोरा अशोकको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved