स्याङ्जा २ मा पद्मा अर्याल निरन्तर पछाडि, धनराज अघिको अघि

मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार धनराज गुरूङले निरन्तर अग्रता लिइरहेका छन्। गुरूङले १३ हजार २ सय ४० मत ल्याएका छन्। एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले ११ हजार ८०५ मत ल्याएकी छन्।

नेपालभ्युज

स्याङ्जा २ मा पद्मा अर्याल निरन्तर पछाडि, धनराज अघिको अघि

काठमाडौं। मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार धनराज गुरूङले निरन्तर अग्रता लिइरहेका छन्। गुरूङले १३ हजार २ सय ४० मत ल्याएका छन्। एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले ११ हजार ८०५ मत ल्याएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ५ हजार ८७६ मत ल्याएका छन्।
मंसिर ४ मा मतदान भए पनि विवादका कारण स्याङ्जा २ मा मतगणना सुरू हुन सकेको थिएन। ढिला गरी मतगणना सुरू गरिएको हो।

यस्तै प्रदेश सभातर्फ १ मा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भइसकेका छन्। यस्तै प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले सुरूआती अग्रता बनाएका छन्।

उनले १२१५ मत पाउँदा नेपाली कांग्रेसका महेश भट्टराईले ३०२ मत पाएका छन्। उनीहरूबीच ९१३ को मतान्तर छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved