मुचुल्काभन्दा बढी मत भेटिएपछि बाजुरामा मतगणना रोकियो

नेपालभ्युज

मुचुल्काभन्दा बढी मत भेटिएपछि बाजुरामा मतगणना रोकियो

काठमाडौं। बाजुरामा मत पेटीकामा मुचुल्काभन्दा बढी मत भेटिएपछि गणना रोकिएकाे छ। बाजुराको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मत पेटिकामा मुचुल्काभन्दा ४० मत बढी भेटिएपछटि गणना रोकिएको हो।

मुचुल्काको मतभन्दा बढी मत भेटिएपछि प्रतिनिधिसभा तर्फको मत गणना रोकिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए। यहाँ एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा छन्। अहिले सम्म पाण्डेले १ हजार २६९ मतको अग्रता बनाइरहेका छन्।

पाण्डेको ५ हजार ३९९ मत पाउँदा थापाले ४ हजार १३० मत ल्याएका छन्। मंसिर ४ गते धाँधली भएको आरोप पछि रोकिएको मत गणना निर्वाचन आयोगको निर्णय पछि हिजो साँझबाट सुरु भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved