स्याङ्जामा एमाले सचिव पद्मा अर्यालको अवस्था के छ ?

नेपालभ्युज

स्याङ्जामा एमाले सचिव पद्मा अर्यालको अवस्था के छ ?

स्यांजा । स्याङ्जामा मतगणना भइरहेको  छ । त्यहाँ सुरुदेखि नै नेकपा एमालेकी सचिव समेत रहेकी पद्मा अर्याललाई नेपाल कांग्रेसका उपसभापति धनराज गुरुङले पछि पारिरहेका छन् । गुरुङ्ले मतान्तर बढाउँदै लगेका छन् ।

धनराज गुरुङले ११ हजार ९ सय २० मत ल्याउँदा पद्मा अर्यालले ९ हजार ५ सय २ मत ल्याएकी छिन् । गुरुङ र अर्यालबीचको मतान्तर २४ सय १८ रहेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ्ले ५१ सय ९२ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved