जापानको सनसनीपूर्ण प्रदर्शन, स्पेनलाई हराएर नक आउट चरणमा

नेपालभ्युज

जापानको सनसनीपूर्ण प्रदर्शन, स्पेनलाई हराएर नक आउट चरणमा

काठमाडौं। स्पेनलाई हराएर जापान विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले अन्तिम १६ मा स्थान बनाएको हो ।

खेलमा सुरुआती अग्रता भने स्पेनले बनाएको थियो । खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ५१ औं मिनेटमा टानकाले गोल गर्दै जापानलाई २-१ को जित दिलाए । जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्पेन पनि समूह उपविजेता बन्दै नकउट चरणमा प्रवेश गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved