मोरक्को र क्रोएसिया विश्वकप फुटबलको नकआउट चरणमा, बेल्जियम बाहिरियो

नेपालभ्युज

मोरक्को र क्रोएसिया विश्वकप फुटबलको नकआउट चरणमा, बेल्जियम बाहिरियो

काठमाडौं। क्रोएसिया र मोरक्को विश्वकप फुटबलको नकआउट चरणमा पुगेका छन् । विश्व वरियतामा दोस्रो स्थानमा रहेको बेल्जियम भने घर फर्किएको छ ।

बिहीबार राति क्यानडालाई २–१ गोल अन्तरले हराउँदै मोरक्को अन्तिम १६ मा पुगेको हो ।  क्यानडा पनि प्रतियोगिताबाट बाहिरिएको छ।

जितसँगै ७ अङ्क जोडेको मोरक्को समूह एफको विजेता बन्यो । बेल्जियमसँग गोलरहित बराबरी खेल्दै क्रोएसिया ५ अंक जोडेर उपविजेताका रुपमा नकआउटमा पुगेको छ ।

मोरक्को दोस्रो पटक अन्तिम १६ मा पुगेको हो। यसअघि सन् १९८६ को संस्करणमा मोरक्को नकआउट चरणमा पुगेको थियो ।

मोरक्कोको लागि हकिम जियेच र युसेफ एन–नेसिरी गोल गरे। क्यानडाको लागि भने नेफ एगर्डले गोल फर्काए।

४ अंक भएको बेल्जियमलाई अर्को चरण पुग्न जित आवस्यक थियो । तर उसले बराबरी खेल्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved