स्याङ्जा २ : कांग्रेसका धनराजले मतान्तर बढाउँदा पद्माको मत कति ?

नेपालभ्युज

स्याङ्जा २ : कांग्रेसका धनराजले मतान्तर बढाउँदा पद्माको मत कति ?

काठमाडौं । स्याङ्जा- २ को जारी पछिल्लो मतपरिणामअनुसार  नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता  बढाएका छन् ।

गुरुङले ८ हजार ९०० मत पाउँदा एमालेकी  पद्मा अर्याल निकै पछि परेकी छन् ।

अर्यालले ६ हजार ३९० मत पाएकी छन् । मतपरिणामअनुसार २ हजार ५११ मतले गुरुङ अघि छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले २ हजार ८८२ मत पाएका छन् ।

यस्तै प्रदेशसभा २(१) तर्फ कांग्रेसकै भोजराज अर्याल १००२४ मतसहित अगाडि छन् । यस्तै एमालेका मोहन प्रसाद रेग्मीले ७२८६ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved