उच्च अदालत जनकपुरले दियो निहारिकाको मुद्दा अग्राधिकारमा राख्ने आदेश

उच्च अदालत जनकपुरले दियो निहारिकाको मुद्दा अग्राधिकारमा राख्ने आदेश

काठमाडौं । उच्च अदालत जनकपुरले निहारिका सिंह राजपुतको मुद्दा अग्राधिकारमा राख्न आदेश दिएको छ । बुधबार बहस नसकिएको हुनाले उनको मुद्दा अग्राधिकारमा राख्ने आदेश दिएको हो ।

अदालतले मंसिर २१ गतेलाई पेसी तोकेको छ । बुधबार न्यायाधीश भोजराज अधिकारी र डालकुमार खड्काको संयुक्त इजलासले उक्त आदेश दिएको हो । प्रतिवादी शिवराज श्रेष्ठको पक्षबाट बहस नसकिँदै समय सकिएको जाहेरीवलाकी वकिल रिंकु यादवले जानकारी दिइन् ।

उनका अनुसार दुबैतर्फको बहस सकिए २१ गते नै इजलासबाट फैसला आउन सक्नेछन् । निहारिकाको तर्फबाट भने सरकारी वकिल यदुनाथ शर्मा, वरिष्ठ अधिवक्ता मीरा ढुङ्गाना र अधिवक्ता रिंकु यादवले बहस गरका थिए । कात्तिक १८ गते निहारिकाका छोरा र प्रतिवादी शिवराज श्रेष्ठको डीएनए ९९.९९९ प्रतिशत ‘ म्याच’ भएको प्रतिवेदन अदालतले प्राप्त गरेको थियो ।

‘डीएनए म्याच भएपछि श्रेष्ठको जबर्जस्ती करणीबाट नै राजपुत गर्भवती भइ बच्चा जन्मिएको बहस गरेका छौँ, ’निहारिकाकी कानून व्यवसायी यादवले भनिन् । निहारिकाले आफूलाई पेय पदार्थ खुवाएर जबर्जस्ती करणी गरेको भन्दै श्रेष्ठविरुद्ध ०७६ माघ १९ मा जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन् ।

जिल्ला अदालतले मेडिकल प्रतिवेदनमा निहारिकाले श्रेष्ठ र आफू श्रीमान–श्रीमती भएको बताएकाले जबर्जस्तीकरणी पुष्टि नहुने फैसला गरेको थियो । जिल्ला अदालतको फैसलाबाट असन्तुष्टी जनाउँदै उनले उच्च अदालतमा मुद्दा दिएकी थिइन् । उनले आफूले अदालतबाट न्याय नपाएको भन्दै राष्ट्रपति भवन, शीतल निवास अगाडि आत्महत्याको प्रयास गरेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved