विश्वकप फुटबल : जर्मनी भर्सेज कोस्टारिका

नेपालभ्युज

विश्वकप फुटबल : जर्मनी भर्सेज कोस्टारिका

काठमाडौं। विश्वकप फुटबलमा बिहीबार जर्मनी र कोस्टारिका आमने सामने हुँदैछन्। अबलेत रंगशालामा बिहीबार हुने खेलमा जर्मनी र कोस्टारिका नेपाली समयअनुसार राति पौने १ बजे प्रतिस्पर्धा गर्नेछन्।

विश्वकपमा जर्मनी र कोस्टारिकाबीच यो दोस्रो भिड्न्त हो। यसअघि, सन् २००६ मा भएको समूह चरणको खेलमा जर्मनीले कोस्टारिकालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो। कतार विश्वकपमा नकआउट चरणमा पुग्न दुवै राष्ट्रको लागि आजको खेल महत्त्वपूर्ण रहेको छ।

३ अंकसहित कोस्टारिका तेस्रो स्थानमा छ। १ अंकसहित जर्मनी पुछारमा छ। ४ अंकसहित स्पेन शीर्ष स्थानमा छ। स्पेन ४ अंकसहित शीर्ष स्थानमा छ भने जापान ३ अंकसहित दोस्रो स्थानमा छ।

कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० गोलले स्तब्ध हुँदा जापानलाई भने १–० ले पराजित गरेको थियो। जर्मनीले भने पहिलो खेलमा जापानसँग २–१ ले पराजित हुँदा स्पेनविरुद्धको खेल भने १–१ को बराबरी खेलेको थियो।

समूह चरणको पहिलो २ खेलमा जित निकाल्न असमर्थ जमर्नी कोस्टारिकाविरुद्ध फराकिलो जित निकाल्दै अन्तिम १६ मा पुग्न चाहन्छ। यसको लागि भने जमर्नीलाई जित मात्रै अपुग हुनेछ।जर्मनी नकआउट चरणमा पुग्न स्पेनले जापानलाई पराजित गर्नु आवश्यक छ। स्पेन र जापानबीचको खेल बराबरीमा सकिँदा वा जापानले जित निकाल्दा भने गोलअन्तरको आधारमा अन्तिम १६ को यात्रुको टुङ्गो लाग्नेछ। सन् २०१८ को विश्वकपमा जर्मनी समूह चरणमा नै रोकिएको थियो।

यसपटक जर्मनी गोल गर्ने लयबाट टाढा रहेको देख्न सकिन्छ। तथापि, जर्मनीका सेन्टर फर्वाड निकलस फुएलक्रगको गोलले स्पेनविरुद्धको खेल बराबरीमा सकिएको थियो। स्टबसटिच्युटमा मैदान प्रवेश गरेका निकलसलाई सुरुवाती ११ मा राखेमा जर्मनीको प्रदर्शनमा सुधार आउन सक्ने सम्भावना रहेको छ।

पहिलोपटक विश्वकपको समूह चरणको पहिलो २ खेलमा पराजित भएको जर्मनी आफ्नो बलियो टोलीको छविलाई सुरक्षित गर्ने लक्ष्यमा पनि रहेको छ । जापानविरुद्धको खेलमा जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावनालाई कायम गरेको कोस्टारिकाले जर्मनीलाई बराबरको टक्कर दिने देखिन्छ।

यदि, कोस्टारिकाले जर्मनीलाई र स्पेनले जापानलाई पराजित गरेमा कोस्टारिका समूह ‘ई’ को दोस्रो स्थानमा उक्लिनेछ। जित निकाल्दै कोस्टारिका दोस्रोपटक नकआउट चरणमा पुग्ने योजनामा छ। जबकि, जर्मनीले आफ्नो उपाधि दाबेदारको छवि जोगाउन कोस्टारिकालाई कडा चुनौती दिनेछ।

समूह ‘ई’ को अर्को खेलमा जापान र स्पेन पनि पौने १ बजे आमने-सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved