बालेनलाई अपमानजक शब्द प्रयोग गरिएकोमा मधेशी आयोगको चासो, कारबाही गर्न सिफारिस

त्यसक्रममा प्रयोग भएको ‘धोती’ शब्दले मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरी सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता खलल पार्ने काम भएको आयोगले बताएको छ ।

नेपालभ्युज

बालेनलाई अपमानजक शब्द प्रयोग गरिएकोमा मधेशी आयोगको चासो, कारबाही गर्न सिफारिस

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी भएको नाराबाजीको क्रममा उनलाई ‘धोती’ भनिएको भन्दै मधेशी आयोगको कारवाहीको लागि आग्रह गरेको छ।

मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको हो।

मंसिर १४ गते सामाजिक सञ्जालमा धेरै प्रचार भएको एक भिडियोमा मेयर बालेन शाहविरुद्ध नाराबाजी भएको थियो।

त्यसक्रममा प्रयोग भएको ‘धोती’ शब्दले मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरी सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता खलल पार्ने काम भएको आयोगले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved