ललितकलासँग सम्बन्धित सामग्रीहरूको आयात शुल्क छुट गर्न सरकारसँग माग

नेपालभ्युज

ललितकलासँग सम्बन्धित सामग्रीहरूको आयात शुल्क छुट गर्न सरकारसँग माग

काठमाडौं। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामग्रीहरूको आयात शुल्क छुट गर्न सरकारसँग माग गरेको छ ।

बिहीबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले सरकारसँग ललितकला सम्बन्धि विभिन्न विषयमा नीतिगत सुधारको माग गरिएको बताए । उनले सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरुको निर्यातमा सुविधा दिनुपर्ने जोड दिए । कला तथा सिर्जनाका लागि आवश्यक रङ, ब्रसलगायत अन्य सामग्रीहरूको आयात शुल्क छुट गर्नुपर्ने उनले माग राखे ।

त्यसैगरी, नेपाली परम्परागत वा आधुनिक कलाकृति खरिद बिक्रीमा लिलामी प्रणाली अपनाउनुपर्ने उनको भनाइ छ । त्यसका लागि प्रोत्साहन गर्न नीति, नियम र कानूनी सुधार हुनुपर्नेमा उनले जोड दिए । कुलपति कर्माचार्यले सातवटै प्रदेशमा कला प्रदर्शनी र प्रतियोगिता गराएर छनोट भएका कलाकृतिहरुलाई राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराउनुपर्ने व्यवस्था हुनुपर्ने र सबै क्षेत्रहरुमा प्रतिष्ठानका शाखा कार्यालयहरुको व्यवस्था हुनुपर्ने उल्लेख गरे ।

उनले भने – ‘हामीले केही नीतिगत कुराहरु अघि सारेका थियौँ । निर्यातजन्य ललितकलासँग सम्बन्धित बस्तुहरुको निर्यातमा सुविधामा सुधार गर्ने । कला, सिर्जनाका लागि आवश्यक रङ, ब्रस, यन्त्र तथा अन्य सामानहरुको आयातमा भन्सार शुल्क र कर छुट दिने । नेपाली परम्परागत वा आधुनिक कलाकृति खरिद विक्रीमा बजार व्यवस्था लिलामी प्रणाली अपनाउन र प्रोत्साहन गर्न नीति, नियम र कानुनी सुधार हुनुपर्ने ।

सातै प्रदेशमा कला गतिविधि हुनु र क्षेत्रिय कला प्रदर्शनी र प्रतियोगिता गराई छनौट भएका कलाकृतिहरु राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराउने व्यवस्था गर्न र क्षेत्रहरुमा प्रतिष्ठानका शाखाहरूको व्यवस्था हुनुपर्ने छ ।

यस्तैगरी, प्रतिष्ठानले अन्तर्राष्ट्रिय कला प्रदर्शनी जस्ता अन्तर्राष्ट्रियस्तरका गतिविधि हुनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ललितकला क्षेत्रमा योगदान दिने कलाकारहरुहरुलाई उच्चस्तरको पदक र पुरस्कारको व्यवस्था गर्नुपर्ने कुलपति कर्माचार्यले बताए । उनले ललितकला र पर्यटकीय विकासका निम्ति बृहत् कलाग्रामको स्थापना हुनुपर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved