पहिचान नखुलेको बेवारिसे शव फेला

पहिचान नखुलेको बेवारिसे शव फेला
प्रतिकात्मक तस्वीर

सुर्खेत। कालीकोटमा पहिचान नखुलेको बेवारिसे शव फेला परेको छ । बुधबार दिउँसो कर्णाली करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका–३ सिस्नेगडामा बेवारिसे शव फेला परेको हो ।

कर्णाली करिडोरभन्दा १० मिटर तल शव फेला परेको मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

४०÷५० उमेरको पुरुषको शव फेला परेको मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुवराज बमले बताए । ‘पहिचान अझैँ खुल्न सकेको छैन् । घटनास्थलको मुचुल्का तयार पारेर शवलाई जिल्ला अस्पताल मान्मको शव गृहमा राखिएको छ ।’

उनले भने ‘हुलियासहित हामीले सबैका लागि जानकारी दिएका छौं ।’
मृतकको आँखामा किरा परेकाले घटना केही दिनअघि भएको हुनसक्ने सूचना अधिकारी बमले बताए । ‘घटनाका विषयमा प्रहरीले अनुुसन्धान जारी राखेको छ ।’ उनले भने, ‘अहिलेसम्म मृतकका आफन्त सम्पर्कमा आएका छैनन् ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved