सुनसरीमा भगवती चौधरीको विजय जुलुसमा कांग्रेस कार्यकर्ताको ढुंगामुढा

एमाले सांसद भगवती चौधरीको विजय जुलुसमा कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको छ। उनी सुनसरी ३ बाट निर्वाचित भएकी हुन्।

नेपालभ्युज

सुनसरीमा भगवती चौधरीको विजय जुलुसमा कांग्रेस कार्यकर्ताको ढुंगामुढा

काठमाडौं। एमाले सांसद भगवती चौधरीको विजय जुलुसमा कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको छ। उनी सुनसरी ३ बाट निर्वाचित भएकी हुन्।

लगातार चुनाव जित्दै आएका कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारको अपराजित यात्रामा विराम लगाएकी चौधरीको विजय जुलुसमा सवारमाथि कांग्रेसका कार्यकर्ताहरूले ढुंगामुढा गरेको एमालेको आरोप छ।

त्यहाँ दुवै पक्षबीच झडप भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी यादवले बताए।

स्थानीयवासीसँग समन्वय गरेर स्थिति नियन्त्रणमा लिइएको जनाइएको छ। सुनसरी ३ मा कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved