सप्तरीमा ५० वर्षका पुरुषको हत्या

नेपालभ्युज

सप्तरीमा ५० वर्षका पुरुषको हत्या
सांकेतिक तस्विर

सप्तरी। सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो ।

हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए । “तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौँ”, उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved