विश्वकप फुटबल : इङ्ल्याण्ड भर्सेज वेल्स

यता, अमेरिकासँग बराबरी खेल्दै इरानसँग पराजित भएको वेल्स अन्तिम १६ मा पुग्न इङ्ल्याण्डविरुद्ध जित्नै पर्ने दबाबमा छ । साथै अमेरिका र इरानबीचको खेल पनि बराबरी सकिएमा वेल्स अर्को चरणमा पुग्नेछ।

नेपालभ्युज

विश्वकप फुटबल : इङ्ल्याण्ड भर्सेज वेल्स

काठमाडौं। विश्वकप फुटबलमा आज मङ्गलबार इङ्ल्याण्ड र वेल्स भिड्दैछन्। अहमद बिन अलि रंगशालामा मङ्गलबार हुने खेलमा इङ्ल्याण्ड र वेल्स नेपाली समयअनुसार राति पौने १ बजे आमने सामने हुनेछन्।

पछिल्लो खेलमा इरानलाई ६–२ ले पराजित गरेको र अमेरिकासँग बराबरी खेलेको इङ्ल्याण्ड जित निकाल्दै अन्तिम १६ मा पुग्ने योजनमा रहेको छ। यो दुई राष्ट्रबीचको १०४ औँ प्रतिस्पर्धा हो। विश्वकपमा भने अमेरिका र वेल्सको यो पहिलो भिड्न्त हो।

यसअघि दुई टोली सन् २०१६ को यूरोपियन च्याम्पियनसिपमा आमने सामने भएका थिए। समूह बी चरणको सो खेलमा इङ्ल्याण्डले वेल्सलाई २–१ गोलअन्तरले पराजित गरेको थियो।
कतार विश्वकपमा भने इङ्ल्याण्ड उपाधि दावेदारको रुपमा अघि बढिरहेको छ।

गणतीय हिसाबले इङ्ल्याण्ड अन्तिम १६ मा प्रवेश गरिसकेको छ। तथापि, वेल्ससँग ४ गोलले पराजित भएमा इङ्ल्याण्ड समूह चरणमा नै रोकिने छ। जसको सम्भावना न्यून देखिन्छ।

यता, अमेरिकासँग बराबरी खेल्दै इरानसँग पराजित भएको वेल्स अन्तिम १६ मा पुग्न इङ्ल्याण्डविरुद्ध जित्नै पर्ने दबाबमा छ । साथै अमेरिका र इरानबीचको खेल पनि बराबरी सकिएमा वेल्स अर्को चरणमा पुग्नेछ।

इङ्ल्याण्ड आफ्नो जर्सीमा दोस्रो तारा राख्नुको लागि आतुर देखिन्छ। वेल्स भने ६४ वर्ष लामो विश्वकप सहभागीतालाई यादगार बनाउने योजनामा रहेको छ ।

४ अङ्कसहित इङ्ल्याण्ड शीर्ष स्थानमा छ। १ अङ्क जोडेको वेल्स भने पुछारमा छ। ३ अङ्क जोडेको इरान दोस्रो स्थानमा र २ अङ्क जोडेको अमेरिका तेस्रो स्थानमा छ। सोही समयमा नै समूह बीको अर्को खेलमा अमेरिका र वेल्स भिड्दैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved