विश्वकप फुटबल : नेदरल्याण्ड्सविरुद्ध सान्त्वना जितको खोजीमा कतार

नेपालभ्युज

विश्वकप फुटबल : नेदरल्याण्ड्सविरुद्ध सान्त्वना जितको खोजीमा कतार

काठमाडौं। विश्वकप फुटबलमा मंगलबार कतार र नेदरल्याण्ड्स प्रतिस्पर्धा गर्दैँछन्। कतारको अलबेत रंगशालामा यो प्रतिस्पर्धा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

कतार र नेदरल्याण्ड्सबीच यसअघि प्रतिस्पर्धा भएको छैन। पहिला २ खेलमा इक्वेडर र सेनेगलसँग पराजित भएको कतार नेदरल्याण्ड्सविरुद्ध सान्त्वना जितको खोजीमा छ।

विश्वकपमा आयोजक देश समूह चरणमा नै रोकिएको यो दोस्रो पटक हो। यसअघि सन् २०१० मा आयोजक दक्षिण अफ्रिकाले समूह चरण काट्न सकेको थिएन ।

जारी विश्वकपबाट बाहिरिने कतार पहिलो राष्ट्र बन्यो। कुनै अंक नजोडि समूह चरणबाट बाहिरिने पहिलो आयोजक राष्ट्र बन्ने सम्भावनालाई भने कतार रोक्न चाहन्छ।

एसियन च्याम्पियनका रुपमा विश्वकपमा सहभागी भएको कतारले सेनेगलविरुद्धको खेलमा भने विश्वकपको पहिलो गोल गर्यो। मोहम्मद मुन्तारीले कतारको लागि गोल गरेका थिए। जुन खेलमा कतार ३–१ ले पराजित भएको थियो।

कतारका मुख्य प्रशिक्षक फेलिक्स सान्चेजले भने विश्वकपमा सहभागितालाई राष्ट्रको असफलताको रुपमा लिन नमिल्ने जनाएका थिए।

सन् १९७४, १९७८ र २०१० को उपविजेता नेदरल्याण्ड्स भने दोस्रो चरण प्रवेशका लागि कतारलाई हराउन चाहन्छ । उसले यसअघि सेनेगललाई २–० ले हराएको थियो भने इक्वेडरसँग १–१ को बराबरी खेलेको थियो ।

कतारलाई जिते नेदरल्याण्ड अन्तिम १६ मा पुग्नेछ । कतारसँग पराजित हुँदा भने अन्य टोलीको खेलमा भर पर्नुपर्ने हुन्छ । समूह ए मा ४ अङ्कसहित नेदरल्याण्ड्स शीर्ष स्थानमा छ। ४ अङ्क भएको इक्वेडर दोस्रोमा छ । ३ अङ्क जोडेको सेनेगल तेस्रो स्थानमा छ भने अङ्कविहिन कतार पुछारमा छ।

सोही समयमा नै समूह एको अर्को खेलमा सेनेगल र इक्वेडर भिड्दैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved