प्रहरीमा ४ एआईजी पदमा बढुवाको तयारी

नेपालभ्युज

प्रहरीमा ४ एआईजी पदमा बढुवाको तयारी

काठमाडौं। नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको तयारी गरिएको छ । प्रहरीमा ४ वटा एआईजी पद रिक्त छ । रिक्त पदमा बढुवाका गर्न गृह मन्त्रालयलाई निर्वाचन आयोगले अनुमति दिएको छ ।

गृह मन्त्रालयको आग्रहअनुसार आयोगले बढुवा गर्न अनुमति दिएको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले बताए । मंसिर १९ सम्म निर्वाचन आचार संहिताका कारण आयोगको अनुमति बिना सरुवा र बढुवा गर्न मिल्दैन । आयोगले आवश्यकताअनुसार प्रहरी अधिकृतहरूको सरुवा गर्न पनि मन्त्रालयलाई अनुमति दिएको छ ।

२०७९ साउन २० मा एआईजी विश्वराज पोखरेल, भदौ २३ मा मुकुन्दराज आचार्य, कात्तिक १४ मा अरुण बि.सी र कात्तिक २४ मा रविन्द्र बहादुर धानुकले अवकाश पाएका थिए । उनीहरूको अवकाशसँगै प्रहरीमा चार दरबन्दी रिक्त भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved