समानुपातिक मतगणना

सीके राउतको पार्टीले ३ लाख मत कटायो, माधव नेपालको एकिकृत समाजवादी धेरै पछाडि

नेपालभ्युज

सीके राउतको पार्टीले ३ लाख मत कटायो, माधव नेपालको एकिकृत समाजवादी धेरै पछाडि

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ ३ लाख मत कटाएको छ । ९५ लाख ७९ हजार मतगणना अनुसार जनमत पार्टीले ३ लाख ५ सय मत ल्याएको छ । जनमत पार्टी राष्ट्रिय दल बन्ने लगभग पक्का भएको छ ।

तर माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीले भने ३ लाख कटाउन मुश्किल देखिएको छ । एकिकृत समाजवादीले २ लाख ६४ हजार मात्र ल्याएको छ । प्रत्यक्षतर्फ १० सिट जितेको एकिकृत समाजवादी समानुपातिकमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ ।

समानुपातिकतर्फ एमालेले २५ लाख ८५ हजार, कांग्रेसले २४ लाख ५३ हजार, माओवादीले ११ लाख १ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार मत ल्याएका छन् । यस्तै राप्रपाले ५ लाख ५२ हजार र जसपाले ३ लाख ५८ हजार मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved