धनुषामा एमालेका रघुवीर महासेठ विजयी, मधेसमा एमालेको सिट ९ पुग्यो

महासेठले ३२ हजार २ सय ३६ मत ल्याए भने यादवले ३२ हजार १ सय १२ मत ल्याए । मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिएपनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई पराजित गर्दै महासेठले जीत निकालेका हुन् ।

धनुषामा एमालेका रघुवीर महासेठ विजयी, मधेसमा एमालेको सिट ९ पुग्यो

धनुषा। धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादव भन्दा पछि परेका महासेठले अन्तिममा भने जित निकालेका हुन् । महासेठले यादवलाई १ सय २४ मतको मतान्तरले पराजित गरेका हुन् ।

महासेठले ३२ हजार २ सय ३६ मत ल्याए भने यादवले ३२ हजार १ सय १२ मत ल्याए । मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिएपनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई पराजित गर्दै महासेठले जीत निकालेका हुन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा सुरुदेखि नै एमालेका महासेठले अग्रता बनाईरहेको भए पनि बीचमा कांग्रेसका यादवसँग फराकिलो अन्तरमा पछि परेका थिए । त्यस पछि महासेठले बटेश्वर गाउँपालिकाको मतगणना सकिँदा ३४ मतले अग्रता लिएका थिए । पुनः मिथिला नगरपालिकाको वडा नम्बर १, २, ३,५,६,७,९ र १० सम्म मतगणना हुँदा यादवले अग्रता कायम राखेको भएपनि वडा नम्बर ११ को मतगणना पश्चात महासेठले जित निकाल्न सफल भएका हुन् ।

यो जीत संगै नेकपा एमालेले मधेश प्रदेशमा सबैभन्दा बढी ९ वटा प्रतिनिधिसभा क्षेत्रमा जीत निकालेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved