सुनसरी-४ मा आयोगले भन्यो- विवादित केन्द्रको मात्र पुन: मतगणना गर्नु

नेपालभ्युज

सुनसरी-४ मा आयोगले भन्यो- विवादित केन्द्रको मात्र पुन: मतगणना गर्नु
फाइल फोटो

काठमाडौं । सुनसरी-४ मा निर्वाचन आयोगले  विवादित मतदान केन्द्रको मात्रै पुन: मतगणना सुरु गर्न  निर्देशन दिएको छ । आयोगको सोमबार बसेको बैठकले पूरै निर्वाचन क्षेत्रको पुन: मतगणना नगरी विवाद भएका केन्द्रका मात्र मत गन्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको हो ।

सुनसरी-४ मा  संचारमन्त्री समेत रहेका कांग्रेसका ज्ञानेन्द्र कार्कीले मतगणनाका क्रममा ६ सय मत एमालेतर्फ जोडेको आरोप लगाएपछि ३ दिनदेखि मत गणना स्थगित भएको छ ।

विवाद उत्पन्न भएपछि शनिबार अपराह्न सर्वदलीय बैठकमा कार्कीका कार्यकर्ता र एमालेका प्रतिनिधिहरुबीच विवाद भएको थियो  ।

सो क्षेत्रमा कार्कीले २३ हजार ४ सय ३९ मत पाएका छन् भने  एमालेका जगदीशप्रसाद कुसियतले २३ हजार ३ सय ४१ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved