निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ : उपाध्यक्ष श्रेष्ठ

नेपालभ्युज

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

सोमवार उद्योग वाणिजय महासंघले अर्थतन्त्रमा मेला महोत्सवको महत्व विद्यमान चुनौती र आगामी तयारी विषयक छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले निजी क्षेत्र राज्यलाई कर तिर्न तयार रहेको भन्दै कर तिर्नको लागि निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका हुन्  ।

उनले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण र सहयोगी भावना नभएको आरोप लगाए । उपाध्यक्ष श्रेष्ठले काठमाडौं उपत्यकामा नै अन्तराष्ट्रिय स्तरको प्रदर्शनी हल बनाउन माग गरेपनि सरकारले सुनुवाई नगरेको बताए । उनले अन्य देशहरुले स्वदेशी उत्पादनलाई विदेशी प्रदर्शनीहरुमा राख्नका लागि राज्यले खर्च गर्ने गरेको भएपनि नेपालमा भने उद्योगी व्यवसायीहरुलाई विदेशका प्रदर्शनीमा जान त्यस्तो सुविधा नदिएको बताए ।

उनले जिल्ला तथा स्थानीय तहहरुमा मेला महोत्सव गर्न स्थानीय क्लवहरुलाई दिन नहुने बताए । उनले स्थानीय क्लवहरुलाई मेला गर्न दिँदा स्थानीय व्यवसायीहरुलाई नै असर पर्ने बताए । उनले उद्योग वाणिज्य महासंघ चोभारको प्रदर्शनी हल बनाउन टिपीसीसँग मिलेर जान तयार रहेको बताए । उनले यदी टिपीसीले चोभारमा बन्न लागेको प्रदर्शनी हल निर्माण गर्ने नसके उक्त हल निर्माण गर्न निजी क्षेत्र तयार रहेको बताए ।

उनले भने, ‘उद्योग वाणिज्य महासंघले नेपालमा अन्तराष्ट्रिय स्तरको प्रदर्शनी हल बनाउनुपर्छ भन्दै सरकारसँग माग राख्दै आएको छ । काठमाडौंमा नै जग्गा खोजेर अन्तराष्ट्रिय स्तरको प्रदर्शनी हल बनाउनुपर्छ भनेको छौं । काठमाडौंको जग्गामा मोडल बनिसकेको छ । तर, प्राप्त बजेट छुट्याएको अवस्था छैन । अन्य देशहरुले स्वदेशी उत्पादनलाई विदेशी प्रदर्शनीहरुमा राख्नका लागि राज्यले खर्च गर्ने गरेको छ । तर नेपालमा भने उद्योगी व्यवसायीहरुलाई विदेशका प्रदर्शनीमा जान त्यस्तो सुविधा नदिएको अवस्था छ ।’

‘निर्यात गर्नेहरुलाई सरकारले आयकर नलाग्ने व्यवस्था गरेको थियो । अहिले करको दायरामा ल्याएको अवस्था छ । निजी क्षेत्र राज्यलाई कर तिर्न तयार छ तर सरकारले नीजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन गरेर सहयोगी भावना हुनुपर्छ । स्थानीय स्तरका क्लवहरुलाई जिल्ला प्रशासन कार्यालयले स्थानीय क्लवहरुलाई मेला महोसव गर्न दिनु भएन ।’ उनले भने, ‘क्लवहरुलाई मेला गर्दा स्थानीय व्यवसायीहरुसँग स्वीकृत लिनुपर्छ । त्यसरी स्वीकृत बिना मेला गर्दा स्थानीय व्यवसायीहरुको व्यापारमा असर पर्छ । उद्योग वाणिज्य महासंघले चोभारको प्रदर्शनी हल बनाउन टिपीसीलेसँग मिलेर जान तयार छ । टिपीसीले चोभारमा बन्न लागेको प्रदर्शनी हल निर्माण गर्ने कार्य आज छोड्यो भने भोलिदेखि बनाउन निजी क्षेत्र तयार छ ।’

त्यस्तै महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको र सातै प्रदेश तथा स्थानीय तहमा मेला तथा प्रदर्शनी स्थल आवश्यक रहेको बताए । उनले स्थानीय स्तरमा मेला महोत्सव गर्न प्रदर्शनी हल भए स्थानीय उत्पादन भएका वस्तुलाई व्यापार विविधिकरण गर्न सकिने बताए । उनले प्रदर्शनी स्थल बनाउनको लागि निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताए ।

उनले सरकारले नीतिगत रुपमा स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्ने हो भने मेला महोत्सव स्थल बनाउनु आवश्यक रहेको बताए । उनले अहिले भइरहेको मेला महोत्सवहरु रमाइलो मेलाको रुपमा भइरहेकाले अब स्थानीय उत्पादनमुखी मेला आयोजना गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved