युक्रेन तनावपछि पुटिन र कजाकस्तानका नेताबीच भेटवार्ता

नेपालभ्युज

युक्रेन तनावपछि पुटिन र कजाकस्तानका नेताबीच भेटवार्ता
फाइल फोटो

मस्को । कजाकस्तानका नेता कासिम–जोमार्ट तोकायेभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सोमबार क्रेमलिनमा भेटवार्ता गरेका छन् ।

गत साता दोस्रो कार्यकालका लागि सेवा सुरू भएयता कजाकस्तानका नेताको यो पहिलो विदेश भ्रमण हो भने ६९ वर्षीय कजाखस्तानले मस्को भ्रमण गर्ने आफ्नो छनौट साङ्केतिक भएको बताएका छन्।

‘यो मेरो पहिलो विदेश भ्रमण हो र यो आफैंमा राजनीतिक महत्व र निश्चित प्रतीकात्मकता हो,’ वार्ताअघि पुटिनको छेउमा बसेका टोकाएभले भने । ‘कजाकस्तानका लागि रुस सधैं रणनीतिक साझेदार हो र रहँदै आएको छ,’ उनले भने।

उक्त अबसरमा पुटिनले टोकायेभसँग भने,’मस्को र अस्तानाबीचको सम्बन्ध ‘विशेष अवस्था’को छ ।

उनले आर्थिक सम्बन्धलाई मजबुत बनाउन आह्वान गर्दै भने, ‘अन्तर्राष्ट्रिय व्यापार सङ्कटमा परेको बेला आर्थिक समस्या समाधान विशेष गरी समयसापेक्ष छ ।

नेताद्वयले सोमबार नै कजाकस्तानको सीमा नजिकै रहेको रुसी शहर ओरेनबर्गमा व्यापारमा केन्द्रित अन्तरसरकारी मञ्चलाई भिडियो लिंकमार्फत सम्बोधन गरेका थिए ।

युक्रेनमा रूसको आक्रमणले कजाकस्तानलगायत उसका केही पूर्व सोभियत मित्रराष्ट्रहरूलाई चिन्तित तुल्याएको छ ।

गत साता अर्मेनियामा मस्को नेतृत्वको सीएसटीओ सुरक्षा समूहको शिखर सम्मेलनलाई सम्बोधन गर्दै टोकायेभले ‘शान्तिको सूत्रका लागि संयुक्त सामूहिक खोजी’ गर्न आह्वान गरेका थिए ।

‘हामीले रुसी र युक्रेनी दाजुभाइ तथा दिदीबहीनीहरूलाई वर्षौंसम्म आपसी अस्वस्थ गुनासोका साथ अलग हुन दिनु हुँदैन ।’

तोकायेभले रूसमा सैन्य परिचालन बाट भागेका दशौं हजार रूसीहरूलाई कजाकस्तानमा रहन अनुमति दिइएको पनि उक्त अवसरमा बताए ।  एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved