सुकुम्वासीको प्रतिकारपछि महानगरको डोजर ‘ब्याक’, प्रदर्शन मत्थर

बागमती किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन पुगेको काठमाडौं महानगरपालिका ‘ब्याक’ भएको छ। स्थानीयहरूले चर्काे प्रतिकारपछि महानगरले डोजर फिर्ता लगेको हो। सोमबार दिउँसो २ बजे बस्ती हटाउन भन्दै महानगरको टोली थापाथली पुगेको थियो। स्थानीयवासी प्रदर्शनमा उत्रिएर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ।

नेपालभ्युज

सुकुम्वासीको प्रतिकारपछि महानगरको डोजर ‘ब्याक’, प्रदर्शन मत्थर

काठमाडौं। बागमती किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन पुगेको काठमाडौं महानगरपालिका ‘ब्याक’ भएको छ। स्थानीयहरूले चर्काे प्रतिकारपछि महानगरले डोजर फिर्ता लगेको हो।

सोमबार दिउँसो २ बजे बस्ती हटाउन भन्दै महानगरको टोली थापाथली पुगेको थियो। स्थानीयवासी प्रदर्शनमा उत्रिएर महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ।

उनीहरू कुनै पनि हालतमा बस्तीमा डोजर लाउन नदिन प्रतिकार गर्न लाठी, ढुङ्गा घरेलु हतियारसहित तयार बसेपछि महानगर पछि हटेको हो। उनीहरूले बागमती किनारको बस्ती छिर्ने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। रातभर जाग्राम बसेर भए पनि महानगरलाई छिर्न नदिने सुकुमबासीहरुले बताएका छन्।

सुकुम्बासी बस्तीमा झडप, महानगरका एसपीको टाउको फुट्यो  (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved