यू–१९ क्रिकेट प्रतियोगिता : लुम्बिनीद्वारा गण्डकी पराजित

नेपालभ्युज

यू–१९ क्रिकेट प्रतियोगिता : लुम्बिनीद्वारा गण्डकी पराजित

काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा लुम्बिनीले गण्डकीलाई पराजित गरेको छ। मूलपानी क्रिकेट मैदानमा लुम्बिनीले गण्डकीलाई ४ विकेटले पराजित गरेको हो।

लुम्बिनीको यो दोस्रो जित हो भने गण्डकीको यो लगातार चौथो पराजय हो। ४ अं‌सहित लुम्बिनी तेस्रो स्थानमा छ । अंकविहीन गण्डकी छैंटौँ स्थानमा छ।

१६२ रनको लक्ष्य लुम्बिनीले ३९.२ ओभरमा ६ विकेट गुमायो। लुम्बिनीका लागि विशाल भूर्तेलले अविजित ५२ र आकाश त्रिपाठीले ४५ रन बनाए।

विशालले ७१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक बनाए। गण्डकीका लागि सुदीप अर्याल र किरण भट्टराईले २–२ तथा सुवास भण्डारी र नितेश गिरीले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको गण्डकी ३६.३ ओभरमा १६१ रनमा अलआउट भयो। गण्डकीका लागि सुदीप अर्यालले ३६ र दीपक डुम्रेले ३० रन बनाए। लुम्बिनीको लागि दुर्गेश गुप्ताले ५, निर्मल गुरुङले ३, तथा तुल बहादुर थापा र नर सार्कीले १–१ विकेट लिए।

मौसमका कारण ढिला सुरु भएको खेललाई ४० ओभरमा सीमित गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved