भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन : ऊर्जामन्त्री भुसाल

नेपालभ्युज

भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त नभएको बताएकी छन् । बागमती किनारमा रहेको सुकुम्बासी वस्ती हटाउन काठमाडौं महानगरपालिका पुगेपछि ऊर्जामन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले आफ्नो आधिकारिक फेसबूकमार्फत भनेकी छन्, ‘भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त होइन ।’

उनले बरु दीर्घकालीनरूपमा समस्या समाधान गरिनुपर्ने बताएकी छन् ।

सोमबार अपराह्न महानगरपालिकाको डोजर वस्ती पुगेको थियो । त्यहाँ नगर प्रहरी र स्थानीयहरूबीच झडपसमेत भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved