विश्वकप फुटबल : ब्राजिल भर्सेज स्विट्जरल्यान्ड

नेपालभ्युज

विश्वकप फुटबल : ब्राजिल भर्सेज स्विट्जरल्यान्ड

काठमाडौं। विश्वकप फुटबलमा सोमबार ब्राजिल र स्विट्जरल्यान्ड भिड्दै छन् । कतारमा जारी विश्वकपमा ब्राजिल र स्विट्जरल्यान्ड नेपाली समयअनुसार राति पौने १० बजे आमने-सामने हुनेछन्। ब्राजिल र स्विट्जरल्याण्डबीचको खेल स्टेडियम ९७४ मा हुनेछ।

दुवै टोली लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा आफ्नो स्थान पक्का गर्न चाहन्छन्। पहिलो खेलमा ब्राजिलले सर्बियालाई २–० ले पराजित गरेको थियो। स्विट्जरल्यान्डले भने क्यामेरुनलाई १–० ले पराजित गरेको थियो।

यसअघि सन् १९९८ र २०१८ को विश्वकपमा ब्राजिल र स्विट्जरल्यान्डबीच प्रतिस्पर्धा भएको थियो। दुवै खेल बराबरीमा सकिएको थियो।

ब्राजिल आफ्नो स्टार खेलाडी नेयमारको अनुपस्थितिमा मैदानमा प्रतिस्पर्धा गर्नेछ। सर्बियाविरुद्धको खेलमा घाइते भएका नेयमार २ खेलमा अनुपस्थित हुनेछन्। चोटका कारण दानिलो पनि उपस्थित हुने छैनन्।

पहिलो खेलमा रिचार्लिसनको २ गोलमा ब्राजिल विजयी भएको थियो। यससँगै ब्राजिलको लागि रिचार्लिसनको नाममा ९ गोल पुगेको छ। ब्राजिलको लागि रिचार्लिसनबाट यस्तै प्रस्तुतिको अपेक्षा गरिएको छ।

स्विट्जरल्यान्डले भने पक्कै पनि पहिलो हाफमा सर्बियाले अपनाएको रक्षात्मक नीतिलाई पनि आत्मसाथ गर्ने देखिन्छ।

ब्राजिल बलियो टोली भए पनि रचान्त्मक क्षमतामा पछाडि देखिएको छ। यता,स्विट्जरल्यान्ड भने परिश्रम र अनुशासनको गुणले मिश्रित टोलीको रूपमा रहेको छ।

यूरो २०२० मा फ्रान्सलाई नकआउट चरणमा नै रोकेको स्विट्जरल्यान्ड भने उच्च मनोबालको साथ प्रस्तुत हुने देखिन्छ।

समूह ‘जी’ मा सर्बिया, क्यामेरुन, ब्राजिल र स्विट्जरल्यान्ड रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved