चीनका जनताको समर्थनमा पेरिस, एम्स्टर्डम, टोरन्टो र अमेरिकामा समेत प्रदर्शन

नेपालभ्युज

चीनका जनताको समर्थनमा पेरिस, एम्स्टर्डम, टोरन्टो र अमेरिकामा समेत प्रदर्शन

काठमाडौं। लन्डनपछि अब पेरिस, एम्स्टर्डम, डब्लिन, टोरन्टो र अमेरिकाका केही सहरमा चिनियाँ प्रदर्शनकारीको समर्थनमा मानिसहरू भेला भइरहेका छन् ।

यद्यपि, बीबीसीले अनलाइनमा साझा भइरहेका तस्बिरको पुष्टि नगर्ने तर पेरिसको पोम्पिडाउ सेन्टर बाहिर मानिसहरू प्रदर्शन गरिरहेको देखिएको भने जानकारी दिएको छ ।

तीमध्ये केहीको हातमा बुलुम्ची मिडिल रोड साइन देखिएको छ । सांघाईको यो सडकको नाम पश्चिमी सिनजियाङको उरुम्ची सहरको नाममा राखिएको हो । गत हप्ता उरुम्चीमा एउटा भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएको थियो । उरुकभीकम यस वर्ष अगस्ट महिनादेखि कोभिड प्रतिबन्ध लागेको छ ।

एम्स्टर्डममा धेरै मानिसहरू खाली सेतो कागजसहित देखिएका थिए । यसले चीनमा सेन्सरिसपलाई सङ्केत गर्छ ।

अनलाइन पोस्ट गरिएका तस्बिरहरूमा, डबलिनमा प्रदर्शनकारीहरूको समूहले ऐतिहासिक सहर संरचनाहरू नजिकै मैनबत्तीहरू बाल्दै र फूलहरू राखेको देख्न सकिन्छ । यस्तै खालको दृश्य सान फ्रान्सिस्को र टोरन्टोका साथै बेलायतको युनिभर्सिटी अफ शेफिल्डमा पनि देखिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved