समानुपातिकमा माओवादी चौथो स्थानमा, एकिकृत समाजवादी राष्ट्रिय दल बन्न संघर्ष गर्दै

नेपालभ्युज

समानुपातिकमा माओवादी चौथो स्थानमा, एकिकृत समाजवादी राष्ट्रिय दल बन्न संघर्ष गर्दै

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको पनि मतगणना गरिरहेको छ । अहिलेसम्मको अपडेट अनुसार नेकपा एमालेले २५ लाख मत कटाएको छ । एमालेले २५ लाख ३० हजार मतसहित अग्रता कायमै राखेको छ । दोस्रो स्थानको नेपाली कांग्रेसले २३ लाख ९६ हजार मत ल्याएको छ ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रबीच लुकामारी चलिरहेको छ । दुई पार्टी कहिले तेस्रो र कहिले चौथो स्थानमा छन् । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ६२ हजार मतसहित तेस्रो स्थानमा छ । माओवादी १० लाख ६१ हजार मतसहित चौथो स्थानमा छ ।

पाँचौँ स्थानमा रहेको राप्रपाले ५ लाख ४५ हजार र छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख २४ हजार मत ल्याएको छ । जनमत पार्टीले २ लाख ६१ हजार र नेकपा एकिकृत समाजवादी पार्टीले २ लाख ६१ हजार मत ल्याएको छ ।

प्रत्यक्षतर्फ १० सिट जितेको एकिकृत  समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त गर्न संघर्षरत छ । राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकमा पनि कम्तिमा तीन प्रतिशत मत ल्याउनैपर्ने हुन्छ । अहिले खसेको मत हेर्दा तीन प्रतिशत मत ल्याउन झण्डै ३ लाख मत चाहिने देखिएको छ । तीन लाख मतबाट एकिकृत समाजवादी अझै ३९ हजार मतले पछि छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved