मोरक्कोसँग हारेपछि बेल्जियममा तनाव, दर्जनौँ गाडी तोडफोड, ११ जना पक्राउ

नेपालभ्युज

मोरक्कोसँग हारेपछि बेल्जियममा तनाव, दर्जनौँ गाडी तोडफोड, ११ जना पक्राउ

काठमाडौं । विश्वकप फुटबलमा आइतबार मोरक्कोले बेल्जियमलाई २-० गोलले हरायो। हारसँगै बेल्जियमलाई अघिल्लो चरणमा पुग्न समस्या थपिएको छ । बेल्जियम दुई खेलमा तीन अंकसहित तेस्रो स्थानमा छ । कतारमा आफ्नो देशले हारेसँगै बेल्जियममा भने समर्थकले उपद्रो मच्चाएका छन् ।

हारबाट आक्रोसित समर्थकले राजधानी ब्रसेल्समा दर्जनौँ पसल र गाडी तोडफोड गरेका छन् । केहि घाइते भएका छन् ।  प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved