स्पेनसँग बराबरीमा रोकिएपछि जर्मनीलाई समूह चरण पार गर्न संकट

नेपालभ्युज

स्पेनसँग बराबरीमा रोकिएपछि जर्मनीलाई समूह चरण पार गर्न संकट

काठमाडौं । फिफा विश्वकपअन्तर्गत स्पेन र जर्मनीले बराबरी खेलेका छन् । गएराती कतारको अल बायेट रंगशालामा भएको खेलमा १-१ गोलको बराबरी खेल्दै अंक  दुवै टोलीले बाँडेका हुन् । ६२औं मिनेटमा सब्स्टिच्युड स्ट्राइकर अल्भारो मोराटाले गोल स्पेनले अग्रता बनायो ।

८३औं मिनेटमा निक्लास फुलक्रगले गोल गरेर जर्मनीलाई बराबरीमा ल्याए । बराबरीपछि जर्मनीलाई समूह चरण पार गर्न अब अन्तिम खेलमा आफूले जित्नैपर्नेछ र अरुको नतिजामा पनि भर पर्नुपर्नेछ ।

बराबरीपछि जर्मनीले समूहमा अंकको खाता खोलेको छ । स्पेन चार अंकसहित शीर्ष स्थानमा रहँदा जापान र कोस्टारिका समान तीन अंक भए पनि गोल अन्तरका आधारमा क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् ।

समूहको अन्तिम खेलमा स्पेनले जापान र जर्मनीले कोस्टारिकासँग खेल्नेछ । सो खेलमा कम्तिमा बराबरीले मात्रै पनि स्पेन नकआउट चरणमा पुग्नेछ । नकआउट चरणमा पुग्नका लागि जर्मनीले कोस्टारिकालाई हराउनुपर्नेछ भने स्पेनले जापानलाई हराउनुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved