धनुषा-४ : निरन्तर मतान्तर घटाउँदै एमालेका महासेठ

नेपालभ्युज

धनुषा-४ : निरन्तर मतान्तर घटाउँदै  एमालेका महासेठ
फाइल फोटो

जनकपुरधाम । नेकपा एमालेका रघुवीर महासेठले काँग्रेसका महेन्द्र यादवसँग निरन्तर मतान्तर घटाउँदै लगेका छन्।

यादवले अग्रता लिइरहेको क्षेत्रमा महासेठले मतान्तर घटाएर १०५ मा झारेका हुन् । पछिल्लो मत परिणाम अनुसार यादवको पक्षमा २३९९४ मत रहेको छ भने महासेठको पक्षमा २३८९८९ मत छ ।

अहिले वटेश्वर गाउँपालिकाको वडा नं ५ को मतगणना जारी रहेको छ । यहाँ २५१० मत खसेकोमा अहिले १३०० सम्मको गणना भइसकेकाे छ । यस पछि मिथिला नगरपालिकाकाे सबै वडाको मतगणना हुन बाँकी रहेको मतदान अधिकृत सुदिप दंगालले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved