सेयर बजार ३२ अंकले बढ्दा कारोबार २ अर्बमाथि

नेपालभ्युज

सेयर बजार ३२ अंकले बढ्दा कारोबार २ अर्बमाथि

काठमाडौं। आइतबार सेयर बजार नेप्से ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा अडिएको छ। सेन्सेटिभ इन्डेक्स ५.३४ अंकले बढेर ३८६.२६ विन्दुमा पुगेको हो।

यस दिन २२३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ रुपैयाँमा कारोबार भयो। ३१ हजार ९३ पटक सेयर कारोबार भयो।

आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढे पनि कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन। डिप्रोक्स लघुवित्तीय वित्त संस्थाको ८.२१ प्रतिशत र जीवन विकास लघुवित्त वित्तीयको ७.४३ प्रतिशतले सेयर मूल्य बढ्यो।

कारोबारमा आएका १३ समूहमध्ये १२ को सूचक बढ्यो भने १ को घट्यो माइक्रो फाइनान्स समूहको सेयर मूल्य सर्वाधिक ३.०७ प्रतिशतले बढ्यो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved