‘फेक फोटो’ भाइरल गराउने अमेरिकी दूतावासले पोस्ट डिलिट गर्ने, तर माफी नमाग्ने

अमेरिकी दूतावासलाई कहाँबाट फोटोहरू आए? नामै नचलेको कथित फोटोग्राफरको वेबसाइटसम्म उ कसरी पुग्यो? भन्ने प्रश्न उब्जिएको छ। तर ती प्रश्नको जवाफ नदिएको अमेरिकी दूतावासले विवादित फोटो भाइरल गराएको नैतिक जिम्मेवारीबाट समेत पन्छिएको छ।

नेपालभ्युज

‘फेक फोटो’ भाइरल गराउने अमेरिकी दूतावासले पोस्ट डिलिट गर्ने, तर माफी नमाग्ने

काठमाडौं। अमेरिकी फोटोग्राफर कितिया पाव्लोभ्स्कीले सगरमाथा क्षेत्र आसपास पुगेर खिचेको भन्दै आफ्नो फेसबुक पेजमा फोटो शेयर गर्ने अमेरिकी दूतावासले पोस्ट डिलिट गर्ने तर माफी नमाग्ने संकेत गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले आफ्नो आधिकारिक फेसबुक र ट्विटरमा २३ कात्तिकमा पोस्ट गरेपछि नेपालभर भाइरल भएको थियो।

साथै नेपाली सञ्चारमाध्यमसहित विश्वभरका मिडियाले कितिया पाव्लोभ्स्कीले नेपालमा हिम चितुवाको फेटो खिचेको भन्दै प्राथमिकताका साथ समाचार प्रकाशन गरेका थिए।

अमेरिकी पत्रकारले खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली !

त्यसपछि विश्वभर ती फोटो र फोटोग्राफर नाम दिइएको कितिया पाव्लोभ्स्कीको चर्चा भएको थियो। हिउँ चितुवाका केही अभूतपूर्व तस्बिरहरू सम्पादित वा फेक भएको कुरा बाहिरिएपछि उनले फोटो खिचेको भन्दै चर्चामा ल्याउने अमेरिकी दूतावासले पोस्ट हटाउने बताएको छ।

फ्रान्सेली अनलाइन म्यागजिन अल्पाइन म्यागले सार्वजनिक गरेको रिपोर्ट शेयर गर्दै अमेरिकी दूतावासले ‘हामी हाम्रो आफ्नै पोस्ट मेटाउनेछौँ। जहाँ हामीले कहीँ सातअघि ती फोटो सेयर गरेका थियौँ। र हामीले त्यस कलाकारसँग साझेदारी गरेका छैनौँ।’’

अमेरिकी दूतावासलाई कहाँबाट फोटोहरू आए ? नामै नचलेको कथित फोटोग्राफरको वेबसाइटसम्म ऊ कसरी पुग्यो ? भन्ने प्रश्न उब्जिएको छ। तर, ती प्रश्नको जवाफ नदिएको अमेरिकी दूतावासले विवादित फोटो भाइरल गराएको नैतिक जिम्मेवारीबाट समेत पन्छिएको छ।

नेपाली फोटोग्राफरले पहिल्यै खिचेका थिए हिमचितुवाको झनै आकर्षक फोटो

फोटो फेक भएको खुलासापछि कितिया सामाजिक सञ्जालबाट गायब भएकी छन् । इन्स्टाग्राम र फेसबुकमा उनका खाता बन्द भइसकेका छन्। उनको वेबसाइट भने उपलब्ध छ जहाँ उनले हिउँ चितुवाका तस्बीर खिच्दाको क्षण र यात्रा वर्णन गर्दै लेखेको ‘घोस्ट अफ द हिमालयज’ शीर्षकको अझै पनि छँदै छ।

अमेरिकी दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा २३ कात्तिकमा गरेको पोस्ट

कितियाले खिचेको भनिएका तस्बिरहरू केही दिनअघि मात्रै सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा भाइरल भएका थिए। सबैको वाहवाही पाएका ती तस्बिरहरू सम्पादित तस्बीरहरूको मोन्टाज भएको एक तथ्य जाँच संस्थाको विस्तृत रिपोर्टले सार्वजनिक गरेको छ।

चर्चामा हिमचितुवाको फोटो : यसरी खिचेकी थिइन् किटिया पवलोस्कीले

फ्रान्सेली अनलाइन म्यागजिन अल्पाइन म्यागले सार्वजनिक गरेको रिपोर्ट अनुसार तस्बिरहरू अविश्वसनीय रूपमा सम्पादित, हेरफेर गरिएको र नमिलेको पाइएको छ। तथ्य जाँचका क्रममा लेखकहरूले हिउँ चितुवा विज्ञसँग कुराकानी गर्दा हिउँ चितुवा हिमनदीमा त्यसरी नबस्ने पनि खुलासा भएको छ। उनीहरूले प्रष्ट लेखेका छन्, कितियाले विश्वलाई आश्चर्यचकित पार्ने गरी सार्वजनिक गरेको उक्त स्वतीरहरूमध्ये कम्तीमा तीन वटा फेक वा सम्पादित फोटोमोन्टाज हुन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved