घोडाघोडी नगरपालिकामा बैठक चलिरहँदा तालाबन्दी, कर्मचारी र जनप्रतिनिधि थुनिए

नेपालभ्युज

घोडाघोडी नगरपालिकामा बैठक चलिरहँदा तालाबन्दी, कर्मचारी र जनप्रतिनिधि थुनिए

कैलाली। सरकारी आवासमा मदिरा सेवन गरी बितन्डा मच्चाएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले घोडाघोडी नगरपालिकामा गएराति तालाबन्दी गरिएको छ ।

कार्यपालिका बैठक चलिरहेका बेला नगरपालिकामा तालाबन्दी गरिँदा कर्मचारी र जनप्रतिनिधि भित्रै थुनिएका छन् । मादक पदार्थ सेवन गरी सरकारी क्वार्टरमा तोडफोड गरेकोलगायत ४ बुँदे माग राख्दै तालाबन्दी गरिएको हो।

गिट्टी बालुवा टेन्डर नगरी मनोमानी गरेको, त्यसबापत रकम असुल गरेको, नगरपालिकामा भ्रष्टाचार बढाएको भन्दै तालबन्दी गरिएको हो ।तालाबन्दीपछि नाराबाजीसमेत भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved