समानुपातिक मतगणना : सिके राउतको पार्टीलाई उछिनेर एकिकृत समाजवादी सातौँ स्थानमा पुग्यो

नेपालभ्युज

समानुपातिक मतगणना : सिके राउतको पार्टीलाई उछिनेर एकिकृत समाजवादी सातौँ स्थानमा पुग्यो

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फको पनि मतगणना भइरहेको छ । ताजा परिणाम अनुसार नेकपा एमालेले २३ लाख ६ हजार मतसहित अग्रता कायमै राखेको छ ।

यस्तै नेपाली कांग्रेसले २२ लाख १० हजार, माओवादी केन्द्रले ९ लाख ६८ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २५ हजार तथा राप्रपाले ४ लाख ८७ हजार मत ल्याएका छन्।

आइतबार विहानसम्म सिके राउत नेतृत्वको जनमत पार्टी सातौँ स्थानमा रहेकोमा अहिले माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टी सातौँ स्थानमा पुगेको छ । एकिकृत समाजवादीले २ लाख २२ हजार २ सय ३४ र जनमत पार्टीले २ लाख २२ हजार २ सय २५ मत ल्याएका छन् । प्रत्यक्षमा १० सिट जितेको एकिकृत समाजवादी पार्टी राष्ट्रिय दल बन्न संघर्षरत रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved