सुनसरी- ३ : एमालेकी भगवतीको अग्रता कायमै, साढे ४ हजार मतले गच्छदार पछि

नेपालभ्युज

सुनसरी- ३ : एमालेकी भगवतीको अग्रता कायमै, साढे ४ हजार मतले गच्छदार पछि

काठमाडौं । सुनसरीको- ३ मा  एमालेकी भगवती चौधरीले अग्रता कायमै राखेकी छिन्। चौधरीले १८ हजार ४५६ मत सहित अग्रता कायम राखेकी हुन् ।

उनले कांग्रेसका विजयकुमार गच्छदारलाई साढे ४ हजार मतले पछि पारेकी छन्  ।

४३ हजार ३ सय ७७ मत गन्दा  गच्छदारले  १३ हजार ९३७ मतसहित चौधरीलाई पछ्याइरहेका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ५ हजार ६३१ मत पाएका छन् ।

यस क्षेत्रमा सुरुवाती अग्रता लिएका मैनालीलाई पछि पार्दै चौधरीले अग्रता लिएकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved