रुपन्देही–२ को मतगणना अवरुद्ध, पुनः मतदानको माग

नेपालभ्युज

रुपन्देही–२ को मतगणना अवरुद्ध, पुनः मतदानको माग

 बुटवल। रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अन्तिमतिर आइपुग्दा अवरुद्ध भएको छ । मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले पुनः मतदानको माग गर्दै विरोध गरेपछि मतगणना रोकिएको हो।

मतपेटिकामा मुचुल्कामा भन्दा ५० थान मतपत्र बढी देखिएपछि एमाले इतरका दलका प्रतिनिधिहरुले मतदान अघि बढ्न नदिएका हुन् । मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक परे पनि महिला र पुरुषको मतपत्र भिडाउँदा मतपत्रको संख्या बढी नभएको निर्वाचन अधिकृत उद्वीर नेपालीले बताए । ८१ हजार मतमध्ये ६ हजार मत गन्न बाँकी छँदा मतगणना अवरुद्ध भएको हो ।

सत्ता गठबन्धनमा आवद्ध दल र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृतलाई ज्ञापनपत्र समेत बुझाएका छन् । यसबारे आफूले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा लेखेर पठाउने बताउँदा गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिले आयोगको निर्णय पनि नमान्ने एकतर्फी हठ प्रदर्शन गरेर वैठक छाडेर हिंडेको निर्वाचन अधिकृत नेपालीले बताए ।

उनका अनुसार लुम्बिनी वाणिज्य क्याम्पस ‘ड’ बुथमा ३८८ जना महिला र पुरुष २४१ गरी ६२९ मत खसेको मुचुल्कामा उल्लेख भएको तर उक्त तथ्यांकलाई निर्वाचन कार्यालयको कम्युटरमा प्रविष्ट गर्ने समयमा महिलाको संख्या फरक पर्न गएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved