कर्णाली प्रदेश : प्रतिनिधि सभामा एमाले र प्रदेश सभामा एकीकृत समाजवादी शून्य

कर्णाली प्रदेशमा प्रतिनिधि सभातर्फ नेकपा (एमाले) र प्रदेश सभातर्फ नेकपा (एकीकृत समाजवादी) शून्य भएका छन् ।

कर्णाली प्रदेश : प्रतिनिधि सभामा एमाले र प्रदेश सभामा एकीकृत समाजवादी शून्य

सुर्खेत । कर्णाली प्रदेशमा प्रतिनिधि सभातर्फ नेकपा (एमाले) र प्रदेश सभातर्फ नेकपा (एकीकृत समाजवादी) शून्य भएका छन् । कर्णालीमा प्रतिनिधि सभाका १२ निर्वाचन क्षेत्र र प्रदेश सभाका २४ निर्वाचन क्षेत्र छन् ।

प्रतिनिधि सभामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) चार/चार निर्वाचन क्षेत्रमा विजयी भएका छन् भने एकीकृत समाजवादीले तीन निर्वाचन क्षेत्र जितेको छ । राप्रपाले एक निर्वाचन क्षेत्रमा जित निकालेको छ ।

प्रदेश सभाका २४ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रले नौ/नौ निर्वाचन क्षेत्रमा जित निकालेका छन् । प्रतिनिधि सभामा शून्य भएको एमालेले प्रदेशमा भने पाँच निर्वाचन क्षेत्रमा जित निकालेको छ । यस्तै एक निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

०७४ सालमा प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस शून्य भएको कर्णाली प्रदेशमा ०७९ सालको निर्वाचनमा एमाले शून्य भएको हो ।

०७४ सालमा नेपाली कांग्रेसले प्रदेश सभामा एउटा निर्वाचन क्षेत्र जितेको थियो भने यसपटकको निर्वाचनमा एकीकृत समाजवादी शून्य भएको छ ।

प्रतिनिधि सभामा क-कसले जिते ?

४ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा जित निकालेको कांग्रेसले मुगु, दैलेख क्षेत्र नं.२, सुर्खेत क्षेत्र नं. १ र २ मा जित निकालेको छ । यस्तै माओवादी केन्द्र रुकुमपश्चिम, कालिकोट, जाजरकोट र हुम्लामा विजयी बनेको छ ।

मुगुमा कांग्रेसका ऐनबहादुर शाही, दैलेख क्षेत्र नं. १ दिक्पाल शाही, सुर्खेत क्षेत्र नं. १ मा हृदयराम थानी र सुर्खेत क्षेत्र नं. २ मा पूर्णबहादुर खड्का विजयी भएका छन् ।

माओवादी केन्द्रले जित निकालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरू; कालिकोटमा महेन्द्रबहादुर शाही, रुकुमश्चिममा जर्नादन शर्मा, जाजरकोकाटमा शक्तिबहादुर बस्नेत र हुम्लामा कार्चेन लामा विजयी भएका छन् ।

एकीकृत समाजवादीले डोल्पा, दैलेख क्षेत्र नं. १ र सल्यानमा जित निकालेको छ । सल्यानबाट एकीकृत समाजवादीका प्रकाश ज्वाला निर्वाचित हुँदा एकीकृत समाजवादीले नै लिएको डोल्पा दैलेख क्षेत्र नं. १ मा क्रमश: धनबहादुर बूढा र अम्मरबहादुर थापा विजयी बने ।

जुम्लामा भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही निर्वाचित बनेका छन् ।

प्रदेश सभाका २४ क्षेत्रमा क-कसले जिते ?

कर्णालीमा हालसम्म २२ प्रदेश सभा निर्वाचन क्षेत्रका मतपरिमाण सार्वजनिक भएका छन् । त्यसमध्ये हालसम्म नेपाली कांग्रेसले ९ वटामा जित निकालेको छ भने एमाले ५ वटामा जित निकालेको छ । यस्तै माओवादी केन्द्रले पनि ९ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा जित निकालेको छ ।

एक निर्वाचन क्षेत्रमा भने स्वतन्त्र आएका छन् ।

माओवादी केन्द्रबाट हुम्ला (१) रणसिंह परियार, डोल्पा (२) वीरबहादुर शाही, कालिकोट (१) दुर्गाबहादुर रावत, सल्यान (१) भीमप्रकाश शर्मा रूकुम पश्चिम (१) महेन्द्र केसी, रूकुम पश्चिम (२) राजकुमार शर्मा, सुर्खेत–१ (२) कृष्ण जिसी र सुर्खेत–२ (२) विन्दमान विष्ट विजयी भएका छन् ।

नेपाली कांग्रेसका सुर्खेत (१) खड्ग पोखरेल, जाजरकोट (१) वेदराज सिंह, जाजरकोट (२) राजिवविक्रम शाह सल्यान (२) सुरेश अधिकारी, दैलेख–१ (१) पूर्णबहादुर खत्री, दैलेख–१ (२) कृष्ण विसी, दैलेख–२ (१) घनश्याम भण्डारी, कालीकोट (२) हिक्मतबहादुर विष्ट र हुम्ला (२) मा जीवनबहादुर शाही विजयी भएका छन् ।

एमालेका सुर्खेत–२ (१) यामलाल कँडेल, दैलेख–२ (२) विनोदकुमार शाह, जुम्ला (२) टेकराज पछाई, डोल्पा (१) शेरबहादुर बुढा र मुगु (१) मा जीतबहादुर मल्ल विजयी भएका छन् ।

त्यस्तै, जुम्ला (१) स्वतन्त्रबाट देवेन्द्रबहादुर शाही विजयी भएका छन् ।

एकीकृत समाजवादीको भागमा परेका दुई क्षेत्र खोस्यो एमालेले

एकीकृत समाजवादीको भागमा परेको दुई प्रदेश सभा निर्वाचन क्षेत्रमा भने एमालेले जित निकालेको छ । मुगु (१) मा गोपाल बम र जुम्ला (२) मा पदम रोकायालाई गठबन्धन दलका तर्फबाट साझा उम्मेदवार रहेका थिए । तर, ती दुवै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारहरू विजयी भए ।

मुगु (१) मा गोपाल बमलाई एमालेका जीतबहादुर मल्लले र जुम्ला (२) मा पदम रोकायालाई टेकराज पछाईले पराजय गरे ।

तीबाहेक गठबन्धन दलहरूसँग एकीकृत समाजवादीले कालिकोट, सुर्खेतमा स्वस्थ्य प्रतिस्पर्धा गरेको थियो । सुर्खेत निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा शिवप्रसाद उपाध्याय, प्रदेशसभा (२) मा मोहन बडुवाल र कालिकोट प्रदेशसभा (२) मा विश्वराज बमले उम्मेदवारी दिएका थिए ।

सुर्खेत निर्वाचन क्षेत्र २ को प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा शिवप्रसाद उपाध्यायलाई एमालेका यामलाल कँडेल, प्रदेशसभा (२) मा मोहन बडुवाललाई माओवादी केन्द्रका विन्दमान विष्ट र कालीकोट प्रदेशसभा (२) मा विश्वराज बमलाई नेपाली कांग्रेसका हिक्मतबहादुर विष्टबाट पराजय भोगे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved