धनुषा-४: यादवको अग्रता कायमै, पछि परे महासेठ

धनुषा-४: यादवको अग्रता कायमै, पछि परे महासेठ
फाइल फोटो

जनकपुरधाम । धनुषा-४ मा नेपाली कांग्रेसका महेन्द्र यादवको अग्रता कायमै रहेको छ । यादवले १५ हजार ७२१ मतसहित अग्रता कायम गरेका हुन् ।

यस क्षेत्रको जारी मतगणनामा कहिले यादव त कहिले  महासेठले अग्रता लिइरहेका छन् । अहिले महासेठले १४ हजार २३३ मतसहित यादवलाई पछ्याइरहेका छन् ।

महासेठ भन्दा यादव १ हजार ४८८ मतले अगाडि रहेका छन ।

यतिबेला जनकपुर १३, २१, ९ , १४, १९, २२ र मिथिला विहारी नगरपालिकाको ६,७,२,८, ९, १०, क्षीरेश्वरनाथ १०, लक्ष्मीनिया गाउँपालिकाको १,२,३,४,५, ६ र ७ मतगणना सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved