रूपन्देही-२ : एमालेका विष्णु पौडेल विजयी

नेपालभ्युज

रूपन्देही-२ : एमालेका विष्णु पौडेल विजयी

काठमाडौं। रूपन्देही-२ बाट एमालेका  विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई हराउँदै पौडेल प्रतिनिधिसभामा विजयी भएका हुन्।

विजयी पौडेलले २७ हजार १ सय ४७ मत पाउँदा उनका निकट प्रतिद्वन्द्वी  पौडेलले २५ हजार ७ सय ८१ मत पाए ।

एमाले उपाध्यक्ष समेत रहेका उनले १ हजार ३ सय ६६  मतान्तरले चुनाव जितेका हुन् ।

त्यस्तै,  राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले २२ हजार ८ मत पाए ।

कुल १ लाख २६ हजार ८ सय ७ मतदाता रहेको सो  क्षेत्रमा ८१ हजार २ सय २ मत खसेको थियो।

पौडेलको यो पाँचौं पटकको संसदीय यात्रा हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved