शुरु भयो दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

नेपाल भ्युज

शुरु भयो दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौं । आजबाट काठमाडौंमा दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) शुरु भएको छ ।
‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने मुख्य नारासहित ९ दिनसम्म चल्ने महोत्सव शुक्रवार मण्डला थिएटरमा  उद्घाटन गरिएको  हो ।

भारतकी सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी पनि कार्यक्रममा सहभागी  थिईन् । १२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रम रहेका छन् । महोत्सवमा विश्वभरबाट २०० भन्दा बढी नाट्य कलाकारहरु सहभागी हुने आयोजकले जनाएको छ ।

महोत्सवमा सहभाभी हुन ‘पद्यश्री’ र ‘पद्य भूषण’बाट सम्मानित अभिनेत्री शबाना आजमी, विभिन्न देशका नाट्य टोली, निर्देशकहरुको सहभागिता रहेको छ । कार्यक्रममा बोल्दै अभिनेता अनुप बरालले पछिल्लो समय नाटकमा अभिनय गर्नेहरु सहजै पाउने गरेपनि लेखक पाउन मुस्किल रहेको बताए । उनले नाट्य लेखनमा उदासिनता र शुन्यता आएको बताए ।

उनले भने, ‘नेपाली रंगमञ्चको पछिल्लो सिनारियो हेर्ने हो भने सधैँ खड्किने विषय नाटक लेखनको अभाव नै हो । किनभने जो पनि आउँछ अभिनेता बन्छु मात्रै भन्छ, नाटक निर्देशक बन्छु भनेर आउँछ तर नाटक लेख्ने मान्छे पाइँदैन । लेखक भन्नेकुरा दुर्लभ जन्तु जस्तै भयो । पछिल्लो समय लेखनमा एक किसिमको उदासिनता देखिएको छ । शुन्यता छाएको छ ।’

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved