कर्णाली प्रदेशसभातर्फ २० ठाउँको नतिजा सार्वजनिक, कहाँ कसले जिते

नेपालभ्युज

कर्णाली प्रदेशसभातर्फ २० ठाउँको नतिजा सार्वजनिक, कहाँ कसले जिते

सुर्खेत। कर्णाली प्रदेशमा २४ प्रदेश निर्वाचन क्षेत्र २० जना समानुपातिकबाट निर्वाचित भएर ४० सदस्यीय प्रदेशसभा रहेको छ ।
कर्णालीमा हालसम्म २० प्रदेशसभाको निर्वाचन क्षेत्रको मतपरिमाण सार्वजनिक भएको छ । त्यसमध्ये हालसम्म नतिजा सार्वजनिक भएकामध्ये एमाले चार वटा प्रदेशसभा र कांग्रेसले ७ वटा, माओवादी केन्द्रले ८ वटा र स्वतन्त्र एउटा विजयी भएका छन् ।

अहिले मुगुका दुवै प्रदेश, कालीकोटको प्रदेशसभा ‘ख’ र हुम्लाको प्रदेशसभा ‘ख’ मतगणना भइरहेको छ । मुगु ‘ख’ माओवादी केन्द्र, मुगु ‘क’ एमाले, हुम्ला ‘ख’ र कालीकोट ‘ख’ मा कांग्रेसको अग्रता रहेको छ ।

नेपाली कांग्रेस

दैलेख क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन् । उनले एमालेका धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पराजित गर्दै विजय हासिल गरे । उनले नौ हजार चार सय ६४ मत ल्याएर निर्वाचित हुँदा रेग्मीले आठ हजार ७२ मत प्राप्त गरे ।

दैलेख क्षेत्र नं. प्रदेशसभा (२) तर्फ पनि नेपाली कांग्रेसका कृष्णकुमार बिसी विजयी भए । उनले १० हजार पाँच सय ४४ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका प्रेमबहादुर थापाले नौ हजार चार सय ६८ मत पाए ।

यस्तै, दैलेख क्षेत्र नं २ (१) तर्फ पनि नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी भए । एमालेका तिलकप्रसाद रिजाललाई एक हजार तीन सय पाँच मतले हराए । भण्डारीले १० हजार आठ सय मत पाउँदा एमालेका रिजालले नौ हजार चार सय ९५ मत प्राप्त गरे ।

जाजरकोट प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका वेदराज सिंह विजयी भए । सिंहले १८ हजार पाँच सय ४३ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका डम्बरबहादुर सिंहले १२ हजार चार सय ७० मत प्राप्त गरे ।

जाजरकोटकै प्रदेशसभाअन्तर्गत ‘ख’ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह निर्वाचित भए । उनले १६ हजार ४० मत ल्याउँदा एमालेका खिमबहादुर शाहीले १० हजार पाँच सय ३० मत पाए ।

सल्यान प्रदेश सभा क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसका सुरेश अधिकारी तीन हजार ७९० मतान्तर विजयी भएका छन् ।अधिकारीले २० हजार ४०८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गुलावजंग शाहले १६ हजार ६१८ मत प्राप्त ल्याए ।

सुर्खेत एक क्षेत्र नम्बर एक ‘क’ बाट नेपाली काग्रेसका सुर्खेत जिल्ला सभापति खड्कप्रसाद पोखरेल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका ठम्मर विष्टलाई पराजित गरेका हुन् ।

नेकपा एमाले

सुर्खेत क्षेत्र नं २ (२) मा एमालेका यामलाल कँडेल विजयी भएका छन् । कँडेलले १८ हजार पाँच सय ६१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्य १८ हजार चार सय मत ल्याएर पराजित भए ।

जुम्ला प्रदेशसभा ‘ख’ मा टेकराज पछाई सात हजार आठ सय १५ मतले विजयी भएका छन् । उनले एकीकृत समाजवादीका पदम रोकायलाई पराजय गरेका हुन् । रोकायले ६ हजार सात सय २२ मत प्राप्त गरे । पछाई एमाले प्रदेश कमिटी उपसचिव हुन् ।

डोल्पा (क) बाट नेकपा एमालेका जिल्ला अध्यक्ष शेरबहादुर बुढा निर्वाचित भएका छन् । उनले २ हजार २७८ मतान्तरले जितेका हुन् ।
बुढाले ४ हजार ७४३ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसको डोल्पा सभापति शाहीले २ हजार ४६५ मत ल्याएका छन् ।
दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) मा प्रदेशसभा नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाह निर्वाचित भएका छन् ।

उनले नेकपा (माओवादी केन्द्र) का योगेन्द्र शाहीलाई ८४ मतान्तरले पराजित गरेका हुन् । शाह ९ हजार ४ सय ६४ मतसहित निर्वाचित हुँदा योगेन्द्रले ९ हजार ३ सय ८१ मत पाए ।

नेकपा माओवादी केन्द्र

कालिकोट प्रदेशसभा ‘क’ मा नेकपा माओवादी केन्द्र साझा उम्मेदवार दुर्गा रावत निर्वाचित भएका छन् । रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले पराजित गरे । दुर्गबहादुर रावत ९ हजार ११ मतले विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का कुर्मराज शाहीले ७ हजार ९ सय ५२ मत प्राप्त गरे ।

सुर्खेत– २ प्रदेश सभा (२) मा माओवादी केन्द्रका विन्दमान विष्ट विजयी भएका छन् । विष्ट नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । ३१ हजार ६८२ मत खसेकोमा विष्टले १३ हजार ९०९ मत पाए । गौतमले ९ हजार ३३४ मत पाए ।

सुर्खेत निर्वाचन क्षेत्र १ ‘ख’ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्ण बहादुर जि.सी ‘जितेन्द्र’ ४१९६ मतान्तरले विजयी भएका छन् । उनीसँग प्रतिस्पर्धा गरेका एमालेका डण्डीप्रसाद शर्मा पराजित भएका छन् ।

सल्यान प्रदेश सभा क्षेत्र नम्बर (क) बाट नेकपा माओवादीका केन्द्रीय सदस्य भीमप्रकाश शर्मा विजयी भएका छन् । शर्मा ८ हजार १८ मतान्तरका साथ विजयी भएका हुन् । उनले २२ हजार २४३ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुलबहादुर गिरीले १४ हजार २२५ मत प्राप्त गरे ।
डोल्पा प्रदेशसभा ‘ख’ मा गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी–केन्द्र) का उम्मेदवार वीरबहादुर शाही निर्वाचित भएका छन् ।
शाहीले ५ हजार २ सय ९५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रत्यासी नेकपा एमालेका धनचन्द्र बैजीले ४ हजार ५ सय ९५ मत ल्याएका थिए ।
त्यसैगरी राप्रपाका बौद्वसिँह कठायतले २ सय ८९ मत ल्याएका छन् । कर्णाली प्रदेश सरकारका वहालवाला उद्योग पर्यटन तथा वन तथा वातावरणमन्त्री समेत रहेका शाहीले एमालेका बैजिभन्दा ७ सय १ मत धेरै ल्याएका हुन् ।

रुकुमपश्चिको प्रदेश सभा (१) बाट झण्डै ११ हजार मतान्तरसहित नेकपा माओवादी केन्द्रका महेन्द्र केसी पारसमणि विजयी भएका छन् । उनले नेकपा एमालेका नारायणकुमार शाहलाई १० हजार ९ सय ५२ मतान्तरले पराजित गरे । केसीले १९ हजार ३३ मत प्राप्त गर्दा एमालेका शाहले ८ हजार ८१ मत पाए । यो क्षेत्रमा राप्रपाका तर्फबाट उम्मेदवार बनेका विनोदकुमार शाहले १ हजार ११ मत पाए ।

रुकुमपश्चिमको प्रदेश सभा (२) मा १२ हजार मतान्तरले माओवादी केन्द्रका राजकुमार शर्माले नेकपा एमालेका कर्णबहादुर घर्तीलाई पराजित गरेका छन् । शर्माले २० हजार १ सय ६० मत पाएका छन् । एमालेका घर्तीले ८ हजार ७८ मत पाए । राप्रपाका निर्जल केसीले १ हजार १ सय ७ मत पाए । मंगलबार बिहानबाट सुरु भएको मतगणना जिल्लामा शुक्रबार बिहान सकिएको हो । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हुम्लाको प्रदेश १ (क) क्षेत्रबाट माओवादी केन्द्रका रणसिंह परियार निर्वाचित भएका छन् । ६ हजार चार सय ८१ मत ल्याएर परियार मत निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी रहेका स्वतन्त्रका उम्मेदवार मंगलबहादुर शाहीले चार हजार ६ सय ३० मत ल्याएर पराजित भए ।

माओवादी केन्द्रका परियारले एक हजार ८ सय ५१ मतको मतान्तरमा निर्वाचित भएका छन् । यस्तै, गरी नेकपा एमालेका दल फडेराले दुई हजार ९९ मत ल्याए भने समाजवादी पार्टीका हस्तबहादुर शाहीले सात सय ८८ मत ल्याएका छन् । राप्रपाका छापे ऐडीको एक सय १७ मत रहेको छ ।

स्वतन्त्र

कर्णालीका मुख्यमन्त्रीका दाबेदारसमेत रहेका ललितजङग शाहीलाई स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले पराजित गरे । जुम्ला प्रदेशसभा (१) मा वामलोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार कांग्रेसका शाहीलाई एक हजार आठ सय ९९ मतले हराउँदै देवेन्द्रबहादुर विजयी भए ।
विगतमा कस्तो थियो।

विगतमा कर्णाली प्रदेशसभामा एमालेले प्रदेशसभामा २० सदस्य रहेका थिए । १५ प्रत्यक्षतर्फबाट ५ जना समानुपातिक सदस्य रहेका थिए । एमाले विभाजनपछि चार जना प्रत्यक्ष निर्वाचित भएका कारबाहीमा परेका थिए भने समानुपातिकमा रहेका तीन जनाले एकीकृत समाजवादीमा लागेर १३ जना एमाले प्रदेशसभा सदस्य बाँकी रहेका थिए ।

माओवादी केन्द्रका ९ जना प्रतक्ष्य र ४ जना समानुपातिक गरेर १३ जना रहेका थिए । तीमध्ये दुई जनाले एमाले रोजेका थिए । ११ जना प्रदेशसभा सदस्य रहेका थिए ।

नेपाली कांग्रेसले एउटा मात्र प्रदेशसभा निर्वाचित भएको थियो भने ५ पाँच जना समानुपातिक सभासद भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा समानुपातिक सिटमा विजयी भएको थियो । कर्णाली प्रदेशसभामा हालसम्म विजयी उम्मेदवारहरू

नेपाली कांग्रेस

सुर्खेत (१) खड्ग पोखरेल
जाजरकोट (१) वेदराज सिंह
जाजरकोट (२) राजिवविक्रम शाह
सल्यान (२) सुरेश अधिकारी
दैलेख–१ (१) पूर्णबहादुर खत्री
दैलेख–१ (२) कृष्ण विसी
दैलेख–२ (१) घनश्याम भण्डारी

नेकपा एमाले

सुर्खेत–२ (१) यामलाल कँडेल
दैलेख–२ (२) विनोदकुमार शाह
जुम्ला (२) टेकराज पछाई
डोल्पा (१) शेरबहादुर बुढा

नेकपा माओवादी केन्द्र

हुम्ला (१) रणसिंह परियार
डोल्पा (२) वीरबहादुर शाही
कालीकोट (१) दुर्गाबहादुर रावत
सल्यान (१) भीमप्रकाश शर्मा
रुकुम पश्चिम (१) महेन्द्र केसी
रुकुम पश्चिम (२) राजकुमार शर्मा
सुर्खेत–१ (२) कृष्ण जिसी
सुर्खेत–२ (२) विन्दमान विष्ट

स्वतन्त्र

जुम्ला (१) देवेन्द्रबहादुर शाही


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved